चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ की ४० वर्षीया महिला छिन्।
अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार ५ भदौमा स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतला भर्ना गरिएको थियो। १० भदौमा मात्र उनलाई कोरोना सङ्क्रमण भएको पत्ता लागेको थियो।
उनको बुधबार राति १२ः४० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै चितवनमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। तीमध्ये चितवनका १० जना, मकवानपुरका चार तथा बारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का एक एक जना छन्।