कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया गरी २ महिला तथा ६५ वर्षीय १ जना पुरुष छन्। त्यस्तै काठमाडौंका ८९ वर्षीया १ जना महिला र ७० तथा ७५ वर्षीय २ जना पुरुषको मृत्यु भएको छ। त्यसैगरी ललितपुरकी ७० वर्षीया १ जना महिला, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरनाको कारण ज्यान गएको छ।
साथै बाराका ९७ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ। यससँगै हालसम्म मुलुकमा कोरोनाका कारण ज्यान जानेको संख्या २५१ पुगेको छ।
त्यस्तै १४४ जनाको आईसीयू र १८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।