'पीडकहरू नै सरकारमा रहेकाले बेपत्ता पारिएका व्यक्तिको समस्या सुल्झिएन'
बेपत्ता पारिएका व्यक्ति छानविन आयोगका पूर्व अध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरू नै सरकारमा रहेकाले बेपत्ता परेका व्यक्तिको समस्या समाधान हुन नसकेको बताएका छन्।
सरकारले २७ माघ २०७१ मा बेपत्ता पारिएका व्यक्तिको पीडा सम्बोधन गर्न र तीनका परिवारलाई न्याय प्रदान गर्न गठन गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का तत्कालिन अध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरू नै सरकारमा भएकाले पीडितले न्याय पाउन नसकेको बताए।