स्टेशन मेनेजर सोना भन्छिन्– ‘अरु रेडियोले कामै छैन भनेको बन्दाबन्दीमा हामीले गजब आम्दानी गर्यौं’
कोरोनाभाइरस संक्रमण महामारीपछि देशका ठूला सञ्चारमाध्यमहरू थलिएर पत्रकार/कर्मचारीले जागिर गुमाएका छन्। सामुदायिक रेडियो कपिलवस्तुका लागि भने यो महामारी व्यावसायिक रूपमा संकटभन्दा पनि अवसर बनेर आयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको जिल्लाकै पहिलो यो रेडियोको नेतृत्व गरिरहेकी छिन्, सोना खटिक (३३) ले।
कपिलवस्तुको भृकुटी नगरपालिका ४ मा विपन्न दलित परिवारमा जन्मिएकी उनले विपन्नता, दलित र छोरी भएका कारण समाजले गर्ने विभेद सानैदेखि पाइलै पिच्छे भोग्दै आइन्। तर, त्यही भोगाइले उनलाई बलियो पार्दै अघि बढायो। विपन्नताका कारण काम खोज्ने क्रममा कक्षा १२ मा अध्ययनरत छँदा २०६५ सालमा यो रेडियोमा कार्यालय सहयोगीको रुपमा काम थालेकी थिइन्। थारु भाषाको समाचार पढेर रेडियोकर्मी बनेकी आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर उनी अन्ततः २०७२ सालदेखि स्टेशन मेनेजर बनिन्। उनै सोनाले बन्दाबन्दीको वेला रेडियोमा कसरी काम गरिन् ? आफ्नो अनुभव हिमालखबरसँग यसरी सुनाइन्ः
सामुदायिक रेडियो कपिलवस्तुमा मसहित पत्रकार, प्राविधिक र कर्मचारी गरी १० जना छौं। ११ चैतदेखि लागू गरिएको बन्दाबन्दीको केही पछिदेखि कोरोना संक्रमणबाट कपिलवस्तु बढी प्रभावित भयो। बन्दाबन्दी शुरु भएको १०/१५ दिनपछि नै अब रेडियो कसरी चलाउने, तलब कसरी खुवाउने भन्ने समस्या र अन्योल हुन थाल्यो।
बन्दाबन्दी शुरु भएको १०/१५ दिनपछि नै अब रेडियो कसरी चलाउने, तलब कसरी खुवाउने भन्ने समस्या र अन्योल हुन थाल्यो।सबैतिरको उस्तै अवस्थाले के गर्ने, रेडियोलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता बढ्दै भयो। तर, यसो भन्दैमा रेडियोको प्रसारण त बन्द गर्न हुँदैन, म मात्रै भए पनि समाचार त बजाउँछु भन्ने मनमा थियो।
यस्तो समस्या जिल्लाका सञ्चारगृहमा मात्रै होइन, देशकै ठूला मिडिया हाउसहरुले समेत पत्रकारलाई बेतलबी बिदामा बस्न लगाए, जागिरबाट निकाले, पत्रपत्रिका बन्द गरे। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले भर्चुअल रूपमा गरेको विभिन्न रेडियोका प्रतिनिधिहरुको छलफलमा पनि धेरै रेडियोका अध्यक्ष तथा स्टेशन मेनेजरहरुले पत्रकार/कर्मचारीलाई बिदा दिएको, कार्यक्रम बन्द गरेको, समाचार बुलेटिन घटाएको बताए।
सबैतिरको यस्तो अवस्थाले के गर्ने, रेडियोलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता बढ्दै गयो। तर, यसो भन्दैमा रेडियोको प्रसारण त बन्द गर्न हुँदैन, म मात्रै भए पनि समाचार त बजाउँछु भन्ने मनमा थियो। सबैलाई बैठकमा डाकेर रेडियोको आर्थिक अवस्थासहित सबै कुरा बताएँ।
आएको विज्ञापन सबै रोकियो भने चैत महीनापछि तलब खान गाह्रो थियो। पत्रकार र कर्मचारीलाई आश्वस्त पार्दै मैले बैठकमा भनें, “एकातिर विपद्को वेला रेडियोले झन् धेरै सूचना दिनुपर्छ, हामी त झन् समुदायकै हितका लागि काम गर्ने सामुदायिक रेडियो। त्यसैले हामीले काम गर्नुपर्छ, दशैंसम्म तपाईंहरुको तलब दिन्छु।’
दशैंसम्ममा त तलब खुवाउन कसो नसकिएला भन्ने मलाई लागेको थियो। सुझाव लिंदा साथीहरुले पनि ६/७ महीनासम्म घरको खाना–खाजाले धानेर भए पनि काम गर्ने, काम नगरेर घरमा बसिराख्नु भन्दा समुदायका लागि सूचना दिने प्रतिबद्धता जनाउनुभयो।
त्यही समझदारी अनुसार हामीले काम गर्न थाल्यौं। हामीले गरेको निर्णय रेडियोका अध्यक्ष (तुल्सीराम यादव) लाई पनि सुनाएँ। उहाँले यसप्रति सकारात्मक हुँदै आफूले गर्नुपर्ने अन्य सहयोग गर्ने बताउनुभयो।
रेडियो जिंगलबाट आर्थिक भरथेग
हाम्रो रेडियो बिहान ५ बजेदेखि राति १० बजेसम्म प्रसारण हुन्छ। मैले कसरी काम गर्ने भनेर योजना बनाएँ, ड्युटी मिलायौं। पहिले दुई सिफ्टमा काम गर्थ्यौं, बन्दाबन्दीपछि पहिलेभन्दा कम भीड हुने गरी तीन सिफ्टको व्यवस्था मिलायौं, एक सिफ्टमा तीन जना हुने गरी।
बन्दाबन्दीको एक–डेढ महीना साविकभन्दा झन् बढी समय काममा खट्यौं। नियमित समाचार, रेडियो कार्यक्रमहरु त छँदैछ, कोरोना विरुद्ध हामीले धेरै जिंगल बनायौं। एक महीना जतिमा करीब तीन दर्जन जिंगल बनाएर रेकर्ड र मिक्सिङ गर्यौं। रेडियोमा हामीले काम गर्दै आएको नेपाली, भोजपुरी र अवधि तीन वटै भाषामा जिंगल बनायौं।
बनाएका जिंगलमध्ये केहीलाई रेडियोमा बजायौं, कतिपय यत्तिकै राखेका थियौं। संक्रमण जोखिम र बन्दाबन्दीका कारण समुदायमा काम गर्ने संघसंस्थाहरु फिल्डमा जान नसक्ने भएपछि हामीसँग यस्तो खालका सूचना बजाइदिनु भन्न थाले। उनीहरूले भने जस्तै जिंगलहरु बनाएर राखेका थियौं, त्यसैमा सम्बन्धित संस्थाको नाम जोडेर तत्कालै प्रसारण गर्न थाल्यौं।
बन्दाबन्दीको एक–डेढ महीना साविकभन्दा झन् बढी समय काममा खट्यौं। यस बीचमा कोरोना विरुद्ध हामीले धेरै जिंगल बनायौं। एक महीना जतिमा करीब तीन दर्जन जिंगल बनाएर केहीलाई रेडियोमा बजायौं, कतिपय यत्तिकै राखेका थियौं। बिस्तारै सामाजिक संस्था र व्यावसायिक विज्ञापनदाताहरुले उक्त सूचना प्रसारण गर्ने काम दिन थाले।
एक–दुई वटा संस्थाले जिंगल प्रसारण गराउन थालेपछि अरुहरूले पनि त्यसै गर्न थाले। सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था मात्रै होइन, व्यावसायिक विज्ञापन दिनेहरुले पनि कोरोना विरुद्धको सूचना हाल्दिनुस् भन्न थाले। महिला स्टेशन मेनेजेर भएकाले पनि धेरैले हाम्रो रेडियोलाई सहयोग गर्छन्। यो कोरोना कहरको समयमा पनि उनीहरुले जिल्लाका अरु रेडियोभन्दा हाम्रोलाई प्राथमिकता दिएर सूचना बजाउने गरी पैसा छुट्याएका थिए। जिंगलबाट हामीले राम्रो आम्दानी गर्न थाल्यौं।
कोरोना विरुद्धको जिंगल हामी आफैंले मात्रै बनाएका थिएनौं। काठमाडौंबाट निशा दिदी (निशा राई कसेल) ले विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचनाहरु नेपालीमा बनाएर पठाइदिनु हुन्थ्यो। हामी त्यसलाई अरु भाषामा रेकर्ड गर्थ्यौं।
हामीले बनाएको जिंगलमा प्रायोजन गर्दिनुस् भनेर कतिलाई म आफैंले पनि भनें, भनेपछि कसैले पनि गर्दैनौं भन्नुभएन। कतिले नयाँ रेडियो कार्यक्रम चलाइदिनुस् भन्न थाल्नुभयो। त्यसले झन् हामीलाई उत्साह थपियो। सूचना, कार्यक्रम र विज्ञापनहरु थपिंदै गएपछि साथीहरु झन् खुशी हुँदै गए। तलब दिन सक्छु भन्ने ममाथिको विश्वास पनि पक्कै बढ्यो होला।
स्थानीय तहसँग माघ–फागुनसम्म पनि कुनै सम्झौता नै भएको थिएन। तर, हामीले सामाजिक सन्देश प्रसारण गर्न थालेपछि उनीहरू पनि त्यस्तै सूचना बजाइदिन भने। कसैसँग लिखित सम्झौता नगरी काम गर्दा पनि सबै ठाउँबाट असारमै पैसा उठ्यो।
बन्दाबन्दी अवधिमा नौ लाख आम्दानी
हामीले विद्यार्थीका लागि पनि कार्यक्रम प्रसारण गर्यौं। शिक्षकहरुले घरमै पढाएर रेकर्ड गरेर निःशुल्क दिनुभयो, हामीले पनि निःशुल्क प्रसारण गर्यौं। पछि भने त्यो कार्यक्रमलाई शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाहरुले प्रायोजन गर्ने भन्न थाले। हामीले उनीहरुको नाम जोड्न थाल्यौं। पछि जिल्लाका १० वटै स्थानीय तह र नेपाल शिक्षक महासंघको समन्वयमा कक्षा ४ देखि ८ सम्मका विभिन्न विषयको रेडियो कक्षा जिल्लाभरिका सामुदायिक रेडियोहरुमा प्रसारण भयो।
जिल्लाभित्र र अन्य जिल्लाका रेडियोका प्रमुखहरुसँग कुराकानी हुँदा कर्मचारीलाई तलब खुवाउन सकिएन भन्नुहुन्थ्यो। तर, हामीले असारसम्म सबै हिसाबकिताब सकेर साउनको पहिलो सातासम्म सबैले एकै पटक चार महीनाको तलब लियौं। बन्दाबन्दी अवधिमा रु.९ लाखभन्दा बढी आम्दानी भयो। जुन सामान्य अवस्थामा रेडियोलाई भएको आम्दानी भन्दा पनि बढी हो।
अहिले सम्झँदा अचम्म पनि लाग्छ, धेरै रेडियोले अहिले केही काम नै छैन भनेको चैत–वैशाखमा हामीले धेरै काम गर्यौं। जिल्लाभित्र र अन्य जिल्लाका रेडियोका प्रमुखहरुसँग कुराकानी हुँदा कर्मचारीलाई तलब खुवाउन सकिएन भन्नुहुन्थ्यो। पत्रकार साथीहरुले पनि बन्दाबन्दी अगाडिदेखिकै तलब पाएको छैन भन्नुहुन्थ्यो।
तर, हामीले असारसम्म सबै हिसाबकिताब सकेर साउनको पहिलो सातासम्म सबैले एकै पटक चार महीनाको तलब लियौं। बन्दाबन्दी अवधिमा रु.९ लाखभन्दा बढी आम्दानी भयो। जुन सामान्य अवस्थामा रेडियोलाई भएको आम्दानी भन्दा पनि बढी हो।
नेपाली समाजमा कुनै पनि क्षेत्रमा नेतृत्वमा महिला हुँदा काम गर्न सक्दैनन् भन्ने मानसिकता छ। तर म त भन्छु, झन् धेरै गर्न सक्छन्। धेरै गर्न नसके पनि कम चाहिं हुँदैनन्। महिलाहरु केही नयाँ गर्न खोज्ने र सिर्जनात्मक हुन्छन् जस्तो लाग्छ। अहिले मलाई जिल्लाभित्र र विभिन्न जिल्लाका रेडियो सञ्चालकहरु तपाईंले कर्मचारी पनि नकटाई कसरी तलब खुवाइरहनु भएको छ भनेर अचम्म मान्छन्।
हामीले कोरोना कहरको यो संकटमा पनि टिक्यौं नै, हाम्रो रेडियो रहेको बुद्धभूमि नगरपालिकामा विपन्नहरुका लागि पैसा उठाएर सहयोग पनि दियौं। रेडियोको तर्फबाट सबै जनाले व्यक्तिगत रुपमा पैसा उठाएर रु.२५ हजार जति अति विपन्नहरुलाई सहयोग गर्यौं।
मानिसहरूले भने– बन्दाबन्दी किन गरेको ?
कपिलवस्तुमा अरु रेडियो पनि छन्। तर, रेडियोबाट केही प्रसारण गर्नुपर्दा धेरैले हामीलाई नै भन्छन्। एउटा त, महिला स्टेशन मेनेजर भएको रेडियो भनेर धेरैले चिन्छन्, अर्को चाहिँ प्रायोजन नभए पनि हामी रेडियोका धेरै कार्यक्रम समुदायमा आधारित र आवाजविहीनको आवाज प्रसारण गर्छौं।
म स्टेशन मेनेजर भनेर बस्दिनँ, फिल्ड पत्रकारिता गर्न समुदायमै जान्छु। धेरै रेडियो र रेडियोकर्मीहरुले नेता, कार्यालयका हाकिमलाई रेडियोमा अन्तर्वार्तामा बोलाएर कार्यक्रम गर्छन्। हामी समुदायमा गएर स्थानीय बासिन्दाका समस्या लिन्छौं र त्यो प्रश्न सम्बन्धित सरोकारवालालाई राख्छौं।
आम समुदाय र अन्य सरोकारवालाले रेडियोले उठाउने विषयवस्तुलाई हेरेर पनि हाम्रै रेडियो रोजेको हुन् कि भन्ने लाग्छ।
समुदायप्रति सामुदायिक रेडियोको पनि दायित्व हुन्छ। यसैले हामीले शुरुदेखि नै अहिलेसम्म प्रहरी तथा जिल्ला प्रशासन कार्यालय तथा कतिपय स्थानीय तहको सार्वजनिक सूचना र सन्देश निःशुल्क प्रसारण गर्छौं। हामीले नेपाली, भोजपुरी र अवधि भाषामा प्रसारण गर्ने भकाएले सरकारी कार्यालयहरुले पनि सूचनाहरु प्रसारण गरिदिन आग्रह गर्छन्।
समुदायप्रति सामुदायिक रेडियोको पनि दायित्व हुन्छ। यसैले हामीले शुरुदेखि नै अहिलेसम्म प्रहरी तथा जिल्ला प्रशासन कार्यालय तथा कतिपय स्थानीय तहको सार्वजनिक सूचना र सन्देश निःशुल्क प्रसारण गर्छौं।
बन्दाबन्दी शुरु भएपछि यसको पालना गर्नेबारे प्रहरीको सूचना पनि रेकर्ड गरेर पठाइदिन्थें। लकडाउनका बेला घरमै बसौं, बाहिर निस्किए दण्ड सजाय हुन्छ भनेर बोलेको आवाज प्रहरी गाडीमा बज्थ्यो।
त्यो बोल्ने म हो भनेर धेरैले चिन्थे। यसैले वेला वेला म समुदायमा मानिसहरू ‘यो बन्दाबन्दी तपाईंले गर्दा भएको, खोल्दिनू’ भन्थे। बन्दाबन्दी खोल्दिनुस् भन्न एकचोटि त घरमै आएका थिए। उनीहरुलाई यो प्रशासनको कुरा हो, प्रहरीले बोल्दिनु भनेकाले बोलेको भनेर बुझाउनुपरेको थियो।
आर्थिक वर्षका अन्तिममा हिसाबकिताबको धेरै काम हुने भएकाले झन् व्यस्त हुनुपर्छ छ। तर, त्यसै वेला १५ असारमा घरबाट अफिस जान निस्किने क्रममा चिप्लिएर लड्दा दायाँ खुट्टा फ्याक्चर भयो।
कति कामका लागि रेडियो नगई हुँदैनथ्यो। बैसाखी टेकेर जान्थें र टूलमाथि खुट्टा राखेर स्टुडियोमा बोलेकी छु।
खुट्टाले बाहिर निस्किन समस्या पार्यो र कोरोनाको जोखिम बढ्दै गएका कारण प्रदेश स्तरीय ठूलो कार्यक्रम परेर पनि सम्झौता गरिनँ। प्रदेश ५ सरकारमा रेडियो कार्यक्रमको एउटा प्रपोजल हालेको थिएँ, त्यहाँ पनि परेको थियो।
सामूहिक प्रयत्नको खाँचो
कुनै पनि काममा सामूहिक प्रयासको ठूलो महत्व हुन्छ। समस्याको वेला झन् सबैको राय-विचार चाहिन्छ। सबैको योगदान र त्यसका लागि जाँगर, प्रतिबद्धता आवश्यक पर्छ। कसरी अगाडि बढ्ने भनेर योजना पनि चाहिन्छ। घर त एक्लैले चलाउँछु भनेर हुँदैन भने संस्था त झन् सामूहिक हातेमालोविना चल्न सक्दैन।
कर्मचारीहरु जुनसुकै तहको किन नहुन्, सरसल्लाह गर्नैपर्छ। मैले पहिलादेखि नै म स्टेशन मेनेजेर र अरु चाहिं कर्मचारी भनेर सोचिनँ। म त घरबाट चार घण्टासम्म हिंडेर स्टेशन पुगी रेडियोमा बोल्दैबोल्दै यो पदमा पुगेको हुँ। यसैले आफ्नो विगत बिर्सन हुँदैन भन्ने लाग्छ।
यो रेडियोमा काम थालेको १२ वर्ष भयो। त्यसैले मेरो प्रस्तावमा रेडियोको अध्यक्षदेखि कर्मचारीसम्म सबैले साथ दिनुहुन्छ। सबैको हातेमालोबाट रेडियोलाई अघि बढाउन सफल भइरहेका छौं।
प्रस्तुतिः लक्ष्मी बस्नेत