कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोनाभाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले बताए।
७ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएकी उनमा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।