आगलागीमा २० लाखभन्दा बढीको क्षति
सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो निभाउन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताइन् ।
स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।