नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु
नवलपरासीकी कोरोनाभाइरस संक्रमित एक महिलाको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई सघन उपचार कक्षा (आइसीयु) मा राख्न तीन दिनअघि भीम अस्पतालमा भर्ना गरिएको थियो।
हाल भीम अस्पतालमा २१ संक्रमितको उपचार भइरहेको छ। डा. पोखरेलका अनुसार आइसीयुमा चार र सामान्य वार्डमा १७ सङ्क्रमितको उपचार भइरहेको हो।