कोरोना हटस्पट बन्दै काठमाडौं उपत्यका, पछिल्लो २४ घण्टामा थपिए ४८१ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा पछिल्लो समय संक्रमितको दर दिन प्रतिदिन बढ्दो क्रममा छ।
पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरू काठमाडौंमा ३९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभरबाट ७६८ जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २२१७८ पुगेको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा १८११२ जना सक्रिय संक्रमित रहेका छन्। त्यसमध्ये १०८३२ जना संस्थागत आइसोलेसनमा र ७२९० जना होम आइसोलेनसमा रहेका छन्।
यस्तै क्वारेन्टिन्मा ७३९० जना रहेका छन्।
पछिल्लो २४ घण्टामा १२०८८ वटा नमुना परीक्षण गरिएको छ।