सिरहाका एक संक्रमितको उपचारका क्रममा धरानमा मृत्यु
कोरोनाभाइरस संक्रमणबाट सिरहाका एक जनाको मृत्यु भएको छ। मिर्चैया नगरपालिका-६ का ५५ वर्षीय पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
१० भदौमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए।
उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनी यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि धरान लगिएको थियो।
यो मृत्युको घटनासँगै कोरोना संक्रमणबाट सिरहाका सात जनाको ज्यान गएको छ।