नेवानिको नियमितमा १७ र चार्टर्डमा ११ उडान हुँदै, कुन दिन कहाँ (सूचीसहित)
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १७ भदौदेखि हुने एक महीनाको नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ। निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो। निगमले ६ महीनापछि पहिलो नियमित उडान जापानको नारिताबाट गर्ने भएको छ।
निगमले आज, १५ भदाैमा सार्वजनिक गरेको उडान गन्तव्यसहितको तालिकामा १७ र ३१ भदौ तथा १४ असोजमा जापानको नागरितामा उडान गर्ने उल्लेख छ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा २०, २२, २७ र २९ भदौमा उडान हुनेछ। यो गन्तव्यमा निगमले ३, ५, १० र १२ असोजमा नियमित उडान गर्ने भएको छ।
निगमले मलेसियाको क्वालालम्पुरमा २१ र २८ भदौमा उडान गर्नेछ। यो गन्तव्यमा ४ र ११ असोजमा पनि निगमको नियमित नियमित उडान हुनेछ। यस्तै, हङकङमा २४ भदौ र ७ असोजमा उडान हुने जानकारी निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
निगमले चार्टर्ड उडान गर्न तय भएको गन्तव्यको पनि तालिका सार्वजनिक गरेको छ। निगमले सार्वजनिक गरेको तालिका अनुसार उद्धार उडान साउदी अरबको जेद्दा १७ भदौ, २६ भदौ र ११ असोजमा हुने छ। साउदीकै दमाममा २२ भदौमा र रियादमा ३ असोजमा उडान गर्ने गरी तालिका तय गरेको छ।
यस्तै, कुवेतमा ३१ भदौमा उडान गर्नेछ। कतारको दोहामा हुने ५ वटा उद्धार उडानको लागि भने निगमले ३० भदौदेखि शुरू गर्नेछ। यो गन्तव्यको उडान ५, ६, ११ र १३ असोजमा गर्ने गरी तालिका तय गरेर सार्वजनिक गरेको छ।
नियमित उडान तालिका
सेक्टर उडान मिति
नारिता सेप्टेम्बर २, १६ र ३०
दुबई सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८
क्वालालम्पुर सेप्टेम्बर ६, १३, २० र २७
हङ्कङ् सेप्टेम्बर ९ र २३
उद्धार उडान तालिका
सेक्टर उडान मिति
जेद्दा सेप्टेम्बर ५, ११ र २७
दमाम सेप्टेम्बर ७
कुवेत सेप्टेम्बर १४
दोहा सेप्टेम्बर १५, २१, २२, २७ र २९
रियाद सेप्टेम्बर १९