कोरोनाबाट चार वर्षीया बालिकासहित ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा चार वर्षीया एकबालिकासहित ३ जना महिला र ४ जना पुरुष रहेका छन।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन्। त्यसै गरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७४ वर्षीय र भक्तपुरका ७७ वषीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ।
सोमबार देशभर ३०३ जना महिला र ५९६ जना पुरुष गरी ८९९ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै १३२ जनाको आईसीयूमा र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।