नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यो महीनाको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी आज ७२ डीएसपीहरूको सरुवा गरेका हुन्।
बाजुरा, बझाङ, सल्यान, कालीकोट, दैलेख, मुगु, रोल्पा, तेह्रथुम, पाँचथर, जुम्ला, अछाम, डोल्पा र प्यूठानका प्रहरी प्रमुख परिवर्तन गरिएको छ। यी जिल्लामा क्रमशः डीएसपीहरू मनजित महरा, रुपक खड्का, गोविन्द थापा, अनुप श्रेष्ठ, चित्रबहादुर भट्टराई, चक्रबहादुर शाह, नरेशराज सुवेदी, गौतम थापा, दानबहादुर थापा, योगेन्द्रसिंह थापा, माधवप्रसाद काफ्ले, राजु पाण्डे र सुनिल मल्ललाई जिम्मेवारी दिएइको छ।
यस्तै, महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरो, अनुगमन तथा सुपरीवेक्षण शाखा महाराजगञ्जमा सरुवा भएको छ।महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख पनि फेरिएका छन्। डीएसपी रञ्जनकुमार दाहालको ठाउँमा रामेश्वर पौडेललाई जिम्मेवारी दिइएको छ। कालीमाटी वृत्त प्रमुखको जिम्मेवारी अपिलराज बोहरालाई दिइएको छ।
हेर्नुहोस् सूची