आर्थिक अनियमितताको आरोपमा २ जना अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुरासँ गाउँपलिका–६ बाट दुई जनालाई नियन्त्रणमा लिएको छ। निर्वाचन क्षेत्र विकास कोषमार्फत भिउचुला–वगौरा–पुलिया सडकको स्तर उन्नती योजनामा आर्थिक अनियमितता गरेको भन्दै २ जनालाई अख्तियारको कार्यालय सुर्खेतको टोलिले नियन्त्रणमा लिएको छ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, र सचिव गोविन्द ओलीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
सो सडकमा स्तरोन्नतीका लागि ४९ लाख ६२ हजार ५ सय रकम विनियोजन भएको थियो। उपभोक्ता समितिमार्फत काम गरिएको उक्त सडकमा अनियमितता गरेको अडियो सार्वजनिक भएपछि हिनामिना गरेको भन्ने उजुरीको आधारमा उनिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बुझिएको छ।
बगौरा पुलिया सडक स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले २ लाख ७६ हजार रकम ३ जनाले ९२÷९२ हजार बाँडेको खुलासा भएको थियो।