कोरोनाबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीया महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंमा ७२ वर्षीया महिलाको मृत्यु भएको छ। त्यसैगरी सुनसरीमा ६० वर्षीय, मोरङमा ६२ वर्षीय, महोत्तरीमा ७० र ३५ वर्षीय, रौतहटमा ३० वर्षीय, ललितपुरमा २९ वर्षीय, भक्तपुरमा ६५ वर्षीय, नवलपरासीमा ६२ वर्षीय तथा रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाबाट मुलुकमा २२१ जनाको मृत्यु भएको छ।