देशभर १४४ जना आईसीयू र १७ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै
देशभर कोरोना संक्रमित भेन्टिलेटर र आईसीयूमा गरेर १६१ जनाको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४४ जना संक्रमितको आईसीयू र १७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार प्रदेश-१ मा १७ जना, प्रदेश-२ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १६ जनाको आईसीयूमा उपचार भइरहेको छ।
त्यस्तै प्रदेश-१ मा ३ जना, बागमती प्रदेशमा १२ जना र प्रदेश-५ मा २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।