काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आइतबार थपिए ४२९ जना
काठमाडौं उपत्यकामा आइतबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टा उपत्यकाका तीनै जिल्लामा गरी ४२९ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा सबैभन्दा बढी ३७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना संक्रमित भेटिएका छन्।