होम आइसोलेशनमै संक्रमितको मृत्यु
भक्तपुर* नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय संक्रमितको गएराति मृत्यु भएको छ। गएको १२ भदौमा संक्रमण पुष्टि भएका ती संक्रमित घरमै उपचारत थिए।
ती संक्रमितले उच्च रक्तचाप र महुमेह लगायत औषधि सेवन गरिरहेका थिए। श्वासप्रश्वासमा समस्या भएपछि गएको ११ भदौमा पीसीआर परीक्षण गरिएको थियो। परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि संक्रमित बृद्ध घरमै बसेका थिए।
स्वास्थ्यकर्मीले संक्रमितलाई अस्पताल लैजान अनुरोध गरेपनि परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए।
पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक संक्रमितको मृत्यु भएको थियो। भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना संक्रमितको मृत्यु भएको छ।
*सच्याइएकाे