सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका 'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश सात दिन १४ सामग्री ' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. फेरि यस्तो गल्ती नदोहोरियोस् !
कोभिड–१९ लाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ प्रधानमन्त्री ओलीको देशव्यापी आग्रह असत्य मात्र होइन भद्दा मजाकमा परिणत भइसकेकाले विगतका गल्तीबाट पाठ सिक्नुको विकल्प छैन। स्वास्थ्यकर्मीको मनोबल हो। यतिबेला उनीहरूको मानमर्दन र हुर्मत लिइनु भनेको आफ्नै आयु छोट्याउनु हो। कोभिडको दोस्रो लहरमा हामीले यति मात्र सतर्कता अपनाउन सक्यौं भने मात्र पनि हामी महामारीको अँध्यारो सुरुङ पार गर्न सक्षम हुनेछौं। - शेखर खरेलको टिप्पणी।
२. अन्याय थियो, असाध्यै अन्याय !
उवेला स्वास्नी मन परेन भने निकाल्दिने, हेर बा १ मन परेकालाई चाहिं आफैंसँग राख्ने, मन नपरेकालाई चाहिं उनीहरूका बच्चासँगै घर पठाउँथे। बुवालाई मन नपरेकी एउटी बिरामी भइन्। टीबी भएको थियो। उतै गएर बिसेक हुन्छ भनेर भोट गाउँ पठाए। छोरी पनि आमासँगै गएकी थिई। यसरी निकालिदिए।
- १०६ वर्षीया बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीसँग रुपा जोशी र किरणराज जोशीको राणशासनकालिन कुराकानी ।
३. ओली–दाहाल रिझाउन नेकपामा लोकतान्त्रिक अभ्यासको बाटो बन्द !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र चुलिएको चरम विवाद हल गर्नेगरी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको दुई सातापछि, १८ भदौमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ। सचिवालयकै नेताहरू ९माधवकुमार नेपाल, ईश्वर पोखरेल र रामबहादुर थापा० कोरोना संक्रमितको सम्पर्कमा रहेकाले होम आइसोलेसनमा बस्नु परेपछि १३ भदौमा बोलाइएको सचिवालय बैठक स्थगित भएर ६ दिनपछि बस्ने भएको हो। दुई अध्यक्षबीचको सहमति नै पार्टी एकताको आधार बन्दै आएको नेकपामा पछिल्लो समय चुलिएको शक्ति संघर्ष हल गर्ने नाममा नेतृत्व चयन र पार्टी सञ्चालनमा लोकतान्त्रिक अभ्यासको ढोका नै बन्द गर्न खोजिएको छ। - सइन्द्र राईको रिपोर्ट।
४. कोही किन गर्छ आत्महत्यार ? रोकथामका लागि कसले के गर्ने ?
विश्वमै आत्महत्या गम्भीर चुनौती बनिरहेको छ। सामान्यतया चरम निराशा, तनावलाई यस्तो दुर्घटनाको कारण औंल्याउने गरिए पनि आत्महत्याका घटनामा एउटै मात्र कारण हुँदैन। ८० प्रतिशत आत्महत्या भने मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छन्। त्यस बाहेक व्यक्तिका मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थालाई पनि आत्महत्याको कारण मानिएको छ। खासमा मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्था आदि समष्टिगत कारणले नै हामीलाई स्वस्थ वा रोगी बनाउने हो। मानिस मानसिक रूपमा रोगी भयो र समयमा रोगको पहिचान हुन सकेन भने आत्महत्या जस्तो दुःखद दुर्घटना निम्तिन सक्छ। - डा. वासुदेव कार्कीको टिप्पणी।
५. कैलालीका गाउँमा थारु युवाको संघर्ष: कोही भविष्य बनाउँदै, कोही समाज बदल्दै
घोडाघोडी नगरपालिका–७ की निर्मला चौधरी बाबुआमासँग लिएको अंश धितो राखेर डेरी चलाउँछिन्। वडा नं–२ का शंकर डगौराको नेतृत्वमा अहिलेसम्म १६ बहुविवाह र आठ बालविवाह रोकिइसकेका छन्। युवाहरुको सक्रियताले गाउँमा परिवर्तन हुन थालेको छ। - उन्नती चौधरीको रिपोर्ट।
६. सधैं विवादमा सरकारका नियुक्ति, तैपनि बाँडिरहेछ विवादितहरुलाई नै पद
अर्थ मन्त्रालयले सोमबार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्यांकको सञ्चालकमा उपेन्द्रकुमार कोइरालालाई नियुक्त गर्यो । ब्यांक सञ्चालक समितिको अध्यक्ष बनाउने तयारीसाथ कोइरालाको नियुक्ति भएको चर्चापछि यसको व्यापक आलोचना भएको छ। नागरिकको करले चल्ने सार्वजनिक संस्थानमा प्रतिस्पर्धाको थिति बिगारेर आसेपासेलाई मनोमानी भर्ती गरिएको सार्वजनिक आलोचना हुँदै आए पनि सरकारले यस्ता नियुक्तिलाई निरन्तरता दिइरहेको छ। रमेश कुमारको रिपोर्ट। साथमा राजनीतिक पहुँच र सम्बन्धबाट जसले पटक-पटक पाए सरकारी नियुक्ति
७. निषेधाज्ञाका सवालहरु (भाग १) (डा.महेश मास्के)
कोरोना संक्रमणका 'हटस्पट' जिल्लाहरुमा सरकारले पछिल्लो समय लगाएको निषेधाज्ञाले संक्रमणलाई तीव्र बन्न दिएको छैन, तर संक्रमण नियन्त्रणमा पनि आइसकेको छैन। नियन्त्रण गर्न बन्दाबन्दी वा निषेधाज्ञा मात्र पर्याप्त छैन र यो दिगो समाधान पनि होइन। नियन्त्रणका लागि स्थानीय वडा, टोल र समुदायबाटै संक्रमितहरुको पहिचान, द्रुत पीसीआर परीक्षण गरी उपचार व्यवस्था मिलाउनु पनि उत्तिकै जरुरी छ। - महेश मास्केको भिडिओ तथा अडियो सामग्री। निषेधाज्ञाका सवालहरु डा.रेणु अधिकारी (भाग २) - रामेश्वर खनाल (भाग ३) ।
८. ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती
नेपालमा नवीकरणीय ऊर्जा प्रविधिमा अनुदान दिन थालिएको करीब ५० वर्षमा देशभरका एक तिहाइ भन्दा बढी जनसंख्यामा अनुदान पुगे पनि दलित समुदायले भने त्यसको लाभ लिन सकेको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका विभिन्न तथ्याङ्क र नेपालमा नवीकरणीय ऊर्जामा दिइएको अनुदान उपयोगिता सम्बन्धी अनुसन्धानहरूले अनुदानको लाभ दलित समुदायसम्म नपुगेको देखाउँछन् । सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ। - तुफान न्यौपानेको रिपोर्ट।
९. विश्व ब्यांकको छानबिनको खुलासाः किसानका नाममा आएको अनुदानमा अर्बौं लूट
खेतीपाती गर्ने कृषकको जीवनस्तर उकास्न दाताले सरकारलाई सहयोग उपलब्ध गराएपछि शुरु भएको परियोजना हो, व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट०। विश्व ब्यांकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० मा भएको अनियमितताको चरम रुप विश्व ब्यांककै छानबिनले उजागर गरेको छ। अनियमितताको सांगोपांग चित्र देखाएको विश्व ब्यांकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ। – रमेश कुमारको एक्सक्लुसिभ रिपोर्ट।
१०. ८ महीनामा १२ पटक पक्राउः अदालतलाई छल्दै उमा भुजेलमाथि भइरहेछ यस्तो ज्यादती
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई थुनामुक्त गर्न विभिन्न अदालतले दिएका आदेश लत्याउँदै प्रहरीले ८ महीनाको बीचमा १२ जिल्लाका प्रहरी हिरासत पुर्याजइसकेको छ। अदालतको आदेशमा उनी छुट्छिन्, तर प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गर्छ। पक्राउ गर्ने, छुनामुक्त गर्ने आदेश आउने र छुट्दाछुट्दै फेरि पक्राउ गर्ने यो क्रम पछिल्लो आठ महीनामा १२औं पटक चलिसकेको छ। यो क्रममा जिल्ला अदालतहरुको चक्करपछि अहिले उमा सर्वोच्च अदालत आइपुगेकी छन्। - तुफान न्यौपानेको रिपोर्ट।
११. प्रभावकारी देखियो गर्भ निरोधक नयाँ साधन सायना प्रेस
सन् २०२० सम्म परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ गर्भ निरोधक साधन प्रभावकारी देखिएको छ। सायना प्रेस गर्भ निरोधक अस्थायी साधन प्रयोगकर्ता महिलाले अन्य साधनको तुलनामा सायना प्रेस बढी रुचाएको पाइएको छ। कम दुखाइ, पाखुराबाहेक शरीरका अन्य अंगमा प्रयोग गर्न पाइने र अनियमित महिनावारीका साथै स्वास्थ्य समस्या पनि ठीक भएको प्रयोगकर्ता महिलाले जनाएका छन्। - मुकेश पोखरेलको रिपोर्ट।
१२. निषेधाज्ञासँगै संघीयताको अनौठो अभ्यास: प्रदेश र स्थानीय सरकारभन्दा सिडिओ शक्तिशाली !
हिजो एकात्मक व्यवस्था हुँदा सम्बन्धित जिल्लाभित्र प्रशासनिक अधिकारीको रूपमा काम गरेका सिडिओले संघीय व्यवस्थामा निर्वाचित र संवैधानिक अधिकारसहितका प्रदेश र स्थानीय सरकार आउँदा पनि आफ्नो पुरानै रवाफ कायम राखेका छन्। कोरोनाभाइरस संक्रमण रोक्न आवश्यक आदेश जारी गर्न संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकारले प्रदेश र स्थानीय सरकारलाई थप खुम्च्याएको छ। - तुफान न्यौपानेको रिपोर्ट।
१३. अर्थतन्त्रमा कोरोनाको प्रहारः कहिले फर्केला पुरानो लयमा ?
अर्थतन्त्रलाई गति दिने प्रमुख क्षेत्र निर्माण हो। कामदार अभाव, घरजग्गाको कारोबारमा गिरावट तथा ठूला आयोजनाको निर्माणमा सुस्तताका कारण निर्माण सामग्रीको समग्र माग खस्किएको छ। यो क्षेत्र चलायमान नभएका कारण सिमेन्ट र छडको उत्पादन गर्ने उद्योगहरुले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा पनि कम मात्रै उत्पादन गरिरहेका छन्। कोभिड–१९ का कारण संकटमा परेका व्यवसाय पूर्ववत् अवस्थामा फर्कन र शिथिल अर्थतन्त्रले गति समात्न कति समय लाग्छ भन्ने अनिश्चित बनिरहँदा अर्थव्यवस्थामा गहिरो शिथिलता सामुन्नेमै देखिएको छ। - रमेश कुमारको रिपोर्ट।
१४. नेपाल–भारत सम्बन्धः बरालिएको प्राथमिकता
दुई मुलुकबीचमा त्यति ठूला समस्या छैनन् भन्दै ऐतिहासिक सम्बन्धको मात्रै चर्चा गर्नुले बरालिएको प्राथमिकता ट्रयाकमा आउँदैन बरु झनै ओझेल हुन्छ । जुन जुन कारणले समस्या उत्पन्न भइरहेको छ, त्यसलाई दुवै देशले गम्भीरतापूर्वक एक ठाउँमा बसेर समाधान दिनुपर्छ। -विष्णु रिजालको टिप्पणी।