नेपाली वर्षा थापा ‘भोग इटालिया’को आवरणमा
चर्चित फेसन म्यागेजिन ‘भोग इटालिया’ले सेप्टेम्बरको नयाँ अंकको आवरणमा नेपाली सुपरमोडल वर्षा थापालाई समावेश गरेको छ ।
‘हन्ड्रेड कभर स्टार्सः हन्ड्रेड स्टोरिज’ नामक परियोजना अन्तर्गत पत्रिकाले एकसय जना विभिन्न उमेर, जाति, विधा, पेशा र क्षेत्रका महिलाहरूलाई आवरणमा समावेश गर्ने क्रममा वर्षालाई समेत छनोट गरेको हो ।
मोडल बन्ने सपना बोकेर सन् २०११ मा अमेरिका पुगेकी काठमाडौंकी वर्षाले शुरुवाती पाँच वर्ष भने कठिन संघर्ष गर्नुपर्यो ।
सन् २०१६ मा भोग इण्डियाले ‘सेलिब्रेटिङ ब्युटी इन् डाइभर्सिटी’ विशेषांकको आवरणमा छानिएका ६ मध्ये एकमा वर्षा पनि परेपछि उनले चर्चा पाउन थालेकी हुन्।
नेपाली नेपाली सुपरमोडल वर्षाको अन्तर्राष्ट्रिय ख्यातिबारे ‘हिमाल खबरपत्रिका’ले वैशाख २०७६ को नयाँ वर्ष विशेषांक ‘निर्धक्क महिला’ को आवरणमा छनोट गरेको थियो।
मोडलिङका साथै गायनमा पनि रुची राख्ने वर्षा ‘सीता भर्जिन’ ब्याण्डकी संस्थापक समेत हुन्। उनले यही ब्याण्डबाट गत ५ अप्रिलमा पहिलो नेपाली गीत ‘माया’ युट्युबमा सार्वजनिक गरेकी थिइन्, जसले २५ लाखभन्दा बढी भ्युज पाइसकेको छ।