संक्रमितमध्ये १५ प्रतिशतमा कोरोनाको लक्षण
प्रदेश–५ मा कोरोना संक्रमित संख्या छ हजार नाघेको छ। सामाजिक विकास मनत्रालयका अनुसार, कोरोना संक्रमित संख्या ६ हजार एक सय सय एक पुगेको छ।
त्यस मध्ये एक हजार दुई सय ९७ संक्रमित उपचारत छन्। उपचार भइरहेका मध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ।
प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ती मध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताए। उनका अनुसार, सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना छन । प्रदेशमा चार हजार सात सय तीन जना संक्रमण मुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ।
प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जस मध्ये १६ जना आइसीयूमा उपचाररत छन्। ती मध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए।
बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ।
सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ।