काेराेना संक्रमण बढेपछि डोटीमा एक साता निषेधाज्ञा
कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले डोटीमा एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैैठकले १४ भदौ राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा पहिलो चरणमा २१ भदौ आइतबार रातिसम्म रहने प्रशासन कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार, एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ।
जिल्लामा दिनहुँ संक्रमित संख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।