कोरोना संक्रमणको जोखिम पहिचान गर्न ‘दैनिक सम्पर्क डायरी’
कोरोनाभाइरस संक्रमणको जोखिम पहिचान गर्न ‘दैनिक सम्पर्क डायरी’ बनाउनुपर्ने विज्ञान र प्रविधिसम्बन्धी काम गर्दै आइरहेको पुण्यार्जन फाउन्डेसनको ‘कोभिड–१९ जोखिम स्तर पुस्तिका’ मा उल्लेख छ।
फाउन्डेसनले शुक्रबार जारी गरेको उक्त पुस्तिकामा कोरोना संक्रमणको जोखिमस्तर पहिचान गर्ने र त्यसका आधारमा संक्रमणबाट बच्ने तरिका समावेश गरिएको छ। उक्त पुस्तिका कोरोना संक्रमणबाट जोगिनका लागि सहयोगी हुने फाउन्डेसनका अध्यक्ष डा. शुसिल कोइरालाले बताए।
बन्दाबन्दी खुलेपछि मुलुकमा संक्रमण बढेकाले व्यक्तिगत स्तरबाट के कस्तो सावधानी अपनाए संक्रमण रोक्न सकिन्छ भन्ने उद्देश्यले पुस्तिका जारी गरिएको उनले बताए। “पुस्तीकामा भएको कुरालाई पालना गर्न सके सरकारले गरिरहेको कट्याक्ट टे«सिङको काममा पनि सघाउ पुग्छ”, उनले भने।
कारोनाको जोखिमस्तर थाहा पाउने गरि सामाजिक अनुशासनको पालना गर्ने र दैनिक सम्पर्क डायरी बनाउनुपर्ने पुस्तिकामा उल्लेख छ। फाउन्डेसनले पुस्तिकामा उल्लेख भए अनुसार व्यक्तिको दैनिकिमा परिवर्तन ल्याउन सके संक्रमणबाट बच्न सकिने जनाएको छ।
उक्त पुस्तिका अनुसार अहिलेसम्म कोरोनाको संक्रमण सेमिनार हल, होटल, जस्त बन्द कोठा, भिडभाड तथा जमघट, लामो समयसम्म व्यक्तिको नजिक सम्पर्कमा रहने र सास जोडले बाहिर निस्कने जस्ता गतिविधि गरि मुख्य चार कारणबाट भइरहेको छ। उक्त चार कारणबाट न्यून, न्यून–मध्यम, उच्च–मध्यम र उच्च जोखिम गरि पाँच प्रकारको जोखिम हुन्छ।
पुस्तिका अनुसार धेरै भिडभाड हुने ठाउँहरु उच्च जोखिममा पर्छन्।