स्रोहश्राद्धमा भर्चुअल माध्यम अपनाउन आग्रह
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसपटकको 'स्रोहश्राद्ध' भर्चुअल माध्यमबाट गर्न गराउन अनुरोध गरेको छ। स्रोहश्राद्ध गराउने पण्डित एकै दिनमा चार पाँच घर पुग्ने र त्यसबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेकाले वैकल्पिक विधि अपनाउन नगरपालिकाले आग्रह गरेको हो।
स्रोहश्राद्ध यही १७ भदौबाट शुरु हुँदैछ। नगरपालिकाले शुक्रबार सूचना जारी गरी स्रोहश्राद्धमा आफन्त र इष्टमित्रलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्र सामेल हुन भनेको छ।
त्यसैगरी जन्म, न्वारन, व्रतवन्ध, विवाह, मृत्युसंस्कार लगायत पारिवारिक तथा साँस्कृतीक जमघट लगायतका क्रियाकलापमा सहभागिता न्यून गर्न नगरपालिकाले आग्रह गरेको छ।