वीरगंज महानगर बाहेक पर्साका अन्य स्थानीय तहको निषेधाज्ञा हटाइयो
पर्सा जिल्लामा वीरगंज महानगरपालिकामा बाहेकका स्थानीय तहहरूमा निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा वीरगंज महानगरपालिकामा मात्रै सिमित गरेको हो।
जिल्लाका अन्य स्थानीय तहमा १९ साउनदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ।
वीरगंज महानगर क्षेत्रभित्र १० साउनदेखि जारी निषेधाज्ञा १८ भदौ मध्य रातीसम्म जारी रहने कार्यालयले सूचनामा भनेको छ ।