थप तीन वटा अस्पताललाई कोरोना विशेष अस्पताल बनाइयो
नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि थप तीनवटा अस्पताललाई कोरोना विशेष अस्पताल सूचीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जको नेसनल मेडिकल कलेज तथा काठमाडौंमा कान्तिपुर अस्पताल र जमैत्री अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको हो।
त्यस्तै सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा पनि कोरोना अस्पताल र भएका अस्पतालमा बेड थप गरिएको जनाएको छ। जस अनुसार केन्द्रीय अस्पतालमा १००० बेड, प्रादेशिक अस्पतालमा १९५७ वटा बेड र ६४९ वटा स्थानीय पालिकाहरूमा ५ बेडका दरले ३२४५ वडा बेड थप गरेको जनाएको छ।