दैलेखका एक पत्रकारमा कोरोना संक्रमण
शुक्रबार दैलेखमा एक जना पत्रकारमा कोरोना संक्रमित पुष्टि भएको छ। बिहीबार उनको स्वाब संकलन गरिएको थियो।
स्वास्थ्य सेवा कार्यालय, पीसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा संक्रमण पुष्टि भएको हो। महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा राखिएको छ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीका अनुसार, संक्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।