कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचारत ७७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिका–१९ का बृद्धाको संक्रमणबाट मृत्यु भएको हो।
स्वाशप्रश्वास सम्बन्धि समस्या देखिएपछि ७ भदौमा भर्ना भएकी थिइन्। उनमा संक्रमण भएको ९ भदौमा पुष्टि भएको थियो। उपचारका क्रममा संक्रमित बृद्धाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए।
यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ। एक वृद्धाको घरमा नै मृत्यु भएको थियो। जिल्लाभित्र कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ भने अन्य कैलालीका एक र मकवानपुरका तीन जना छन्।