कोरोना अपडेटः संक्रमित निको हुनेमा नेपाल सार्क राष्ट्रमा सवैभन्दा पछाडि
बितेको २४ घण्टामा ५६९ जना संक्रमित निको भएर घर फर्किएका छन्। बिहीबार घर फर्किएको सहित २० हजार ७३ संक्रमित निको भएका छन्।
बिहीबारसम्म संक्रमित संख्या नेपालमा ३५ हजार ५२९ पुगेको छ भने १५ हजार २७३ संक्रमित उपचारत छन्। कोरोना संक्रमणबाट १८३ जनाको मृत्यु भइसकेको छ।
१० भदौसम्म १९ हजार ५०४ संक्रमित निको भएका थिए। यसअघि ७ भदौमा कारोनाबाट निको हुने संख्या १८ हजार ६३१ थियो भने २ भदौसम्म १७ हजार ५८० थियो।
२७ साउनसम्म कोरोनाबाट निको हुने संख्या १६ हजार ६६४ थियो। यस्तै २० साउनसम्म निको हुने संख्या १५ हजार २६ थियो। यसरी झण्डै २१ दिनको अन्तरमा मुलुकमा कोरोनाबाट निको हुनेको सख्या झण्डै ५ हजारले बढेको देखिन्छ।
तर, २० साउनसम्मको तथ्यांकलाई आधार मान्ने हो भने मुलुकमा कोरोनाबाट निको हुने दर ७१.५ थियो। ११ भदौसम्म निको हुने दर ५६.५ प्रतिशतमा झरेको छ। सार्क राष्ट्रका अन्य मुलुक भन्दा नेपाल संक्रमित निको हुनेमा पछाडि परेको छ।
संक्रमित धेरै निको हुनेमा भने पाकिस्तान अगाडि छ। पाकिस्तानमा ९४.९ प्रतिशत संक्रमित निको भएका छन्।