प्रदेश–२ मा कोरोना संक्रमणबाट एकैदिन आठ जनाको मृत्यु
प्रदेश–२ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रममणबाट आठ जनाको मृत्यु भएको छ।
प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार, बारामा पाँच, पर्सामा दुई र धनुषामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ। प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
थप १२४ जनामा संक्रमण पुष्टि भएको छ। सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जनामा संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएको सहित संक्रमित संख्या नौं हजार ५५१ पुगेको छ। संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ५७ जना निको भएर घर फर्किएका छन्।
निको भएर घर फर्कने संख्या यो प्रदेशमा चार हजार ४९६ पुगेको छ। १९६ क्वारेन्टिनमा ८१२ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन्।