‘गोर्खा बिनिथ द ब्रेभरी’को प्रवर्द्धनमा खुकुरी रमको सहकार्य
भिक्टोरिया क्रस प्राप्त पहिलो गोर्खाली सर्जेन्ट कुलबीर थापाको जीवनीमा आधारित चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’को प्रवद्र्धनमा खुकुरी रमले सहकार्य गर्ने भएको छ।
थापाको जीवनी मार्फत् गोर्खाली बीरहरु र बीरताको गाथा पस्किएको चलचित्रसँग खुकरी रमले सहकार्य गर्ने भएको हो। एसएचवाइ प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको निर्देशन एवम् लेखन प्रदीप शाहीले गरेका हुन्। यो चलचित्र विशेष शो गएको जुलाई महीनामै बेलायत र नेपालमा एकसाथ प्रदर्शन गर्ने तयारी भएको थियो। तर, कोभिड–१९ को महामारीका कारण प्रदर्शनको समय भने सरेको छ।
“नेपालको खुकुरी विश्वभर वीरताको प्रतिक मानिन्छ र यही खुकुरी गोर्खालीको शान बन्दै आएको छ। नेपालीको परम्परा बनेको खुकुरीजस्तै खुकुरी रम पनि नेपालको मौलिक एवं परम्परागत स्वादका लागि विश्वका कतिपय देशहरुमा परिचित छ। यो एउटा संयोग नै हो कि साहसीको प्रतिक खुकुरी रम वीरगाथाको कथामा आधारित चलचित्रसँग जोडिन गएको छ”, खुकुरी रमका निर्माता नेपाल डिस्टिलरीजका कार्यकारी प्रमुख कृष्णकुमार चुरिवालाले भने।