बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया बृद्धाको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एक ७० वर्षीयाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ की ७० वर्षीया बृद्धाको बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
श्वासप्रश्वासमा समस्या भएपछि ३ भदौ बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो। उनलाई ५ भदौमा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि ६ भदौ राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार भइरहेका बेला उनको मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन्।
यसअघि बाँकेमा नरैनापुर गाउँपालिका– ५ का २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ की ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ की ७० वर्षीया महिला, नेपालगञ्ज-५ का ६२ वर्षीय पुरुष र नेपालगञ्ज –१ का ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ।