पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, गण्डकीमा मृतकको संख्या नौ पुग्यो
पोखरा महानगरपालिका–११ निवासी कोरोनाभाइरस संक्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत महिलाको बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्। उनको को सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको थियो।
गत ७ भदौमा कारोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएको उनले जानकारी दिए।
सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना संक्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ। तीसमेत गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।
मृत्यु हुनेमा कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जना भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।