प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकलाई कोरोना संक्रमण
प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको छ।
अस्पतालका अनुसार दुई जना कन्सल्ट्यान्ट र चार जना मेडिकललाई अधिकृत संक्रमण छ। अस्पतालका थप एक स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप बढेकाले कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए। हाल कोरोना विशेष अस्पतालमा २३ संक्रमित उपचाररत छन्।
चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ। एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने निर्देशक खड्काको भनाइ छ। यसअघि अस्पतालका तीन चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको थियो।