मुगुका संचारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग
कोरोना रोकथाम तथा नियन्त्रणका लागी फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र संचारकर्मीहरूलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
जिल्लाका क्रियाशिल संचारकर्म तथा नेपाल प्रहरीलाई मानअधिकार तथा बातबरण बिकास केन्द्र हेरिन्डेक नेपाल मुगुका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
दिन रात खटिरहने नेपाल प्रहरी तथा यो महामारीको प्रवाह नगरी समाचार संकलन गर्न हिड्ने जिल्लामा रहेका क्रियाशिल संचारकर्मीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको रोहबरमा हिरेन्डेक मुगुका मेनेजर नवराज रावतले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल पत्रकार महाँसघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
सुरक्षाकर्मी र संचारकर्मिलाई महामारीमा काम गर्न उर्जा थपियोस् भन्ने उदेश्यले हिरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहल तथा मनधरी फाउन्डेसन नेपालको आर्थिक सहयोगमा खरिद गरी पठाएकोे स्वास्थ्य सामग्रीहरू नेपाल प्रहरीलाई २८ थान पीपीई, २८ थान फेस सेट, ९ सय थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, ९ सेट फस्टेड सेट बक्स र जिल्ला स्थित १७ जना क्रियाशिल संचार कर्मिलाई एक÷एक सेट फस्टेड बक्स हस्तान्तर गरिएको हो।
दुर्गम क्षेत्रमा चाहेजती स्वास्थ्य सुरक्षाका सामाग्रीहरू पाइँदैन आफूसंग भएको सीमित सामग्रीको प्रयोग गरेर जनतालाई सुरक्षा दिनुपर्ने अवस्थामा रहेका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराएका स्वास्थ्य सामगी्रहरूले मनोबल बढेको र सेवामा थप जिम्मेवार बन्न प्रेरित गरेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।
पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले यो महामारीमा आफू र घरपरिवारको वास्ता नगरी समाचार संकलनका लागि फिल्डमा खटिरहने पत्रकारका लागी फस्टेड बक्समा रहेका सामगी्रले फिल्डमा खटेका बेला हुनसक्ने सम्भावित दुर्घटना र जोखिमबाट बच्न सहयोग पुग्नुका साथै काममा झन जिम्मेवार बनाउने विश्वास ब्यक्त गरे।
वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापा अध्यक्ष रहेका मनघरी फाउण्डेसनले देशका विभिन्न ठाँउहरुमा विभिन्न विपत र समस्यामा परेका दुर्गमका नागरिक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकर्मी,विद्यालय र विद्यार्थीहरूलाइ आवश्यक सहयोग गर्दै आएको छ।