ललितपुरका स्थानीय तहहरूको संयुक्त आग्रह: संक्रमित र स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्नु
ललितपुरका सबै पालिकाहरूले कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरूलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न आग्रह गरेका छन्।
ल्लाका ६ वटै पालिकाका प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्दै गएकाले संक्रमित र उनीहरूको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति सम्मान तथा आदरपूर्वक व्यवहार गर्न भनेका हुन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन तथा महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल, वागमती गाउँपालिकाका वीरबहादुर लोप्चन र कोन्जोसोमका अध्यक्ष गोपीलाल सिंतानले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा सबैलाई सम्मानपूर्वक व्यवहार गर्न सबैलाई आग्रह गरेका छन्।