भक्तपुरका कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु
धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ।
पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार, तीन दिनअघि अस्पताल भर्ना भएका ती पुरुषलाई स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित रहेको उनले बताए।