धरान उपमहानरपालिकामा बन्दाबन्दी एक साता थपियाे
कोरोना संक्रमणको जोखिम लगातार बढिरहेपछि धरान उपमहानगरपालिकामा थप एक साता बन्दाबन्दी हुने भएको छ। बुधबार बिहान बसेको उपमहानगरपालिका कार्यपालिकाको बैठकले १७ भदौदेखि फेरि एक साता बन्दाबन्दी गर्ने निर्णय गरेको हो।
बन्दाबन्दीका बेला अत्यावश्यक बाहेकका गतिविधि रोकिनेछ। खाद्यन्न, औषधि लगायत अत्यावश्यक क्षेत्र भने खुल्नेछ। बैठकले खाद्य सामग्री खरीद–बिक्रीको समयाधि भने थप गरेको छ। बिहान ८ बजेसम्म खुल्दै आएको पसलहरु अब १० बजेसम्म खुल्नेछ।
धरानमा तीन जनाको संक्रमणबाट मृत्यु भएको छ। धरानमा गएको २२ साउनदेखि बन्दाबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको छ। अन्य जिल्लाबाट संक्रमित भित्रने भयका कारण निषेधित क्षेत्र घोषणा गरिएको हो।