२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए
गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ। केही दिनयता अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि संक्रमण घटेको छैन। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ। कास्कीमा दुई संक्रमित मध्ये एक जना अस्पतालमा कार्यरत सुरक्षागार्ड र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन्। कास्कीमा दुई संक्रमित मध्ये एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन्।
लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए। नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा संक्रमित संख्या एक हजार ९४५ पुगेको छ भने एक हजार ६४३ जना निको भएका छन्।