काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै कोरोनाका संक्रमित, मंगलबार थपिए २३२ जना
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३५५२ पुगेको छ।
उपत्यकाका जिल्लाहरू काठमाडौंमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा देखिएको यो संख्या आजसम्मकै उच्च हो। यसअघि सोमबार सबैभन्दा धेरै, २२४ जना संक्रमित देखिएकोमा मंगलबार त्यो संख्या बढेर २३२ पुगेको हो।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेसँगै उपत्यका मेयर फोरमले निषेधाज्ञाको समय थप गरेर १५ भदौसम्म बढाउन आग्रह गरेको छ। निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।