मुगुमा स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई देखियो कोरोना संक्रमण
मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
मुगुका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, एएनएम र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीको रिर्पोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य अधिकृत डाक्टर निर्मल नगरकोटीले बताए ।
कोरोना पोजिटिभ कर्मचारीलाई उपचारको लागि आइसोलेसनमा राखिएको र सात दिनपछि फेरि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न जुम्ला पठाइने भएको छ ।
इमर्जेन्सी सेवा बाहेक अरू सबै सेवा बन्द गरी जिल्ला अस्पताल सिल गरिएको नगरकोटीको भनाइ छ ।