सुनसरीमा फेरि निषेधाज्ञा
सुनसरी जिल्ला प्रशासन कार्यालयले थप निषेधाज्ञा जारी गरेको छ। ७ भदौ रातिदेखि लागू हुनेगरी निषेधाज्ञा थप गरिएको हो।
थप गरिएको निषेधाज्ञा १४ भदौ रातिसम्म कायम रहने प्रशासनले जनाएको छ। गएको २१ साउनमा जारी गरिएको निषेधाज्ञा आज सकिंदैछ।
आज बसेको बैठकले निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कार्यको सूची सार्वजनिक गरेको छ। यो अवधिमा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन र आवतजावत गर्न रोक लगाइएको छ।
निषेधाज्ञाको अवधिमा सरकारी कार्यालयहरुमा आधा कर्मचारी मात्रै रहने र सिफ्ट प्रणाली लागू हुनेछ। तर, कर्मचारीहरुले कार्यालय समय अन्य बेला सवारी साधनमा हिंड्न पाउने छैनन्। स्वास्थ्यकर्मी, औद्योगिक क्षेत्रका कर्मचारी, खाद्य सामग्री ओसारप्रसार गर्न भने पाइनेछ।