गाउँपालिका उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण
ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। उनी गाउँपालिकामा कोरोना रोकथामका लागि क्वारेन्टिन व्यवस्थापन गर्न र संक्रमतिको उपचारमा खटिएकी थिइन्।
गाउँपालिकाको काममा काठमाडौं पुगेकी ढुंगेलले कोरोना परीक्षण गराएकी थिइन्। उपाध्यक्ष ढुङ्गेलको स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा बसेकी छन्। “स्वास्थ्यमा खासै समस्या रहेको छैन। घरैमा बसेर आराम गरिरहेकी छु। छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु”, उनले भनिन्।
यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन। लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो। जिल्लामा अहिले दुई जना संक्रमित उपचारत छ। उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ।