सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। '
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आँकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. ‘हटस्पट’ की प्रहरी कमाण्डर
संगठनले जिम्मेवारी दिए पनि समाजमा महिलाको क्षमतामा विश्वास नगर्ने प्रवृत्तिका कारण एसपी गंगा पन्तलाई दिक्क लाग्छ। त्यसरी शंका र प्रश्न गर्नेहरूको मुख उनी काम देखाएरै बन्द गरिदिन्छिन्। पहिलो संविधानसभा निर्वाचनको वेला २०६३र६४ मा उनी महानगरीय प्रहरी प्रभागको प्रमुख भइन्। २०६९ सालमा बालाजु वृत्तको इन्चार्ज र त्यसपछि २०७३र ७४ मा पर्वत जिल्लाको प्रहरी प्रमुख भइन्। २०५६ सालदेखि दुई दशक लामो प्रहरी सेवामा उनले थुप्रै आपराधिक घटनाको सफल अनुसन्धान गरेकी छिन्। समुदायसँग निकट रहेर काम गर्ने क्रममा आम नागरिकको मन पनि जितेकी छिन्। - लक्ष्मी बस्नेतले तयार पारेको 'व्यक्तित्व'।
२. निषेधाज्ञा लगाइसकेपछि अब के गर्ने ? यस्तो छ विज्ञहरुको सुझाव
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम उच्च बनेकाले निषेधाज्ञाको आदेश जारी गरेका हुन्। निषेधाज्ञा लागू गरेसँगै कोरोना संक्रमण फैलिन नदिन गर्नुपर्ने काममा सरकार अझै पनि केन्द्रित हुनसकेको छैन। बन्दाबन्दीकै बेला जस्तो सरकार अस्पष्ट र अन्योलमा छ। - रामु सापकोटाको रिपोर्ट।
३. निर्मला पन्त हत्यास् मनगढन्ते कुराका आधारमा प्रहरीमाथि मुद्दा चलाइएको अदालतको ठहर (फैसलाको पूर्णपाठ)
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रमाण नष्ट गरेको आरोपमा आठ प्रहरी र उक्त घटनाका एक आरोपितलाई यातना दिएको आरोपमा चार जना प्रहरीमाथि लगाइएको अभियोगबाट उनीहरूलाई सफाइ दिने फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। - तुफान न्यौपानेको सामग्री।
४. आइसोलेसन अनुभवः आत्मबल नै रै’छ कोरोनालाई जित्ने औषधि
मुलुकमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यही क्रममा 'फ्रन्टलाइन' मा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारसमेत संक्रमित भइरहेका छन्। कोरोना संक्रमित हुनु र आइसोलेसनमा बस्नु भनेको ठूलै कष्टप्रद अवस्था भन्ने जस्तो गरी यसको त्रास पनि फैलिरहेको छ। तर, संक्रमित भएर आइसोलेसनमा बस्दाको अनुभवबारे हिमालखबरकर्मी कमल रिमालको भने अनुभवले भने आत्मबलले कोरोनालाई जितेको अनुभव छ। साथै कोरोना संक्रमित प्रदेश सांसद केसी भन्छिन्– ‘संक्रमण भए साह्रो पार्ने रैछ, हेलचेक्र्याइँ गर्दै नगरौं’
५. हिंडेको कहाँ जानलाई थियो, पुग्यौ कहाँ ?
पार्टीभित्र चुलिएको विवाद सुल्झाउने सहमतिको खाका तयार पार्न भन्दै ३० साउनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले ६ सदस्यीय कार्यदल गठन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि मडारिएको संकट अहिलेका लागि टरेको छ । नेकपा अध्यक्ष समेत रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेका ‘रिले दौड’ जस्ता अनेकौं चरणका वार्तापछि आफूमाथि आइलागेको सम्भवतः अहिलेसम्मकै ठूलो संकट पार लगाएका छन् । बिराएको बाटो छाडेर आफैंले तय गरेको राजनीतिक स्थिरता र समृद्धितर्फको यात्रामा फर्कने हो भने नेकपाका निम्ति अवसर अझै पनि बाँकी छ । त्रेतायुगका राम र अयोध्याको खोजीमा समय कटाउने मेलो चाहिएको भए बेग्लै कुरा, नभए अढाइ वर्षको बाँकी अवधि संकट पन्छाएर आफ्नो स्थिति पुनरुत्थान गर्नलाई प्रधानमन्त्री ओली र नेकपाका लागि कम समय होइन । - रामेश्वर बोहराको टिप्पणी।
६. ‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ (भिडिओसहित)
नेपाली हवाई क्षेत्रमा २३ वर्षदेखि सेवा दिंदै आएको बुद्ध एअर देशको अग्रणी वायुसेवा कम्पनी हो। यो वायुसेवाले सन् २०१९ मा यात्रु सेवाका हिसाबले आन्तरिक उडानमा ५० प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको थियो। कोरोना संक्रमण महामारीको जोखिमका कारण सरकारले हवाई उडान बन्द गर्ने समय १५ भदौसम्म लम्ब्याएको छ। महामारीका कारण ५ महीनादेखि बन्द समग्र हवाई क्षेत्रले भोगिरहेको समस्या लगायत विषयमा बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुुर बस्नेतसँग हिमालखबर का राजु बास्कोटाले गरेको कुराकानी।
७. के गर्दैछन् हाम्रा महिला जनप्रतिनिधि ?
महिलालाई काममा अर्थपूर्ण सहभागिता गराउन राज्य चुकेको छ। झिनामसिना जस्ता देखिने तर, महत्वपूर्ण विकास निर्माणमा महिलालाई सहभागी गराउन नीतिनिर्माण तहमा विराजमान पुरुषहरुले महशुस गरेको पाइँदैन।महिलाहरु हिजो बुवा र दाजुभाइले बनाएको घरमा नाइँनास्ति नगरी बसेका थिए। आज श्रीमान् र छोराहरुले बनाएको घरमा त्यसरी नै बसेका छन्। जसरी परिवारमा महिला सदस्यलाई नसोधी भौतिक संरचना बनाइन्छ, आज टोलमा भइरहेको विकास ठ्याक्कै त्यस्तै छ। - मधु राईको टिप्पणी।
८. अदालतको अवहेलनाः भारतको उदाहरण र हाम्रो बाटो
भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ वकिल र अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलना गरेकोमा दोषी ठहर गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, आदेशमा प्रशान्त भूषणले गरेका दुईवटा ट्वीटले ‘गम्भीर रूपमा अदालतको अवहेलना गरेको’ ठहर गरिएको छ। अदालतको अवहेलना मुद्दामा भारतको सर्वोच्च अदालतको पछिल्लो आदेश हाम्रा लागि ‘उल्लेख्य स्रोत सामग्री’ बन्नुहुन्न। आलोचना, प्रतिवाद, टिप्पणी र बहसको बाटोबाटै हो, हामीले सुदृढ लोकतन्त्र अनि स्वतन्त्र र सक्षम न्यायपालिका निर्माण गर्ने। - शिव गाउँलेको टिप्पणी।
९. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा २ भदौ मंगलबारका दिन निधन भएको छ। लामो समयदेखि प्रेसर र सुगर रोगले ग्रस्त राष्ट्रकवि घिमिरेको स्वास्थ्य पछिल्लो दुई सातायता गम्भीर बनेको थियो। राष्ट्रकवि घिमिरेको लागि हिमालले तयार पारेका राष्ट्रकवि:शब्दश्रद्धा-
‘ऋतम्भरा’ सिध्याएर मात्र बिते राष्ट्रकवि
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा (हिमाल अर्काइभबाट भैरव रिसालको सामग्री)
राष्ट्रिय सम्मानसहित राष्ट्रकवि घिमिरेको अन्तिम विदाइ (बिक्रम राईका तस्वीरहरू)
कस्ता कवि थिए माधव घिमिरे (प्रकाश गुरागाईंको वाङ्मय)
'चिन्तन या दर्शन कविताका निम्ति आवश्यक शर्त हैनन्' (२०५४ सालको मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार वितरण समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट व्यक्त विद्वत प्रवचन।)
१०. अर्बपति व्यवसायी विनोद चौधरीको नबिल ब्यांकमा ‘छद्म लगानी’बारे राष्ट्र ब्यांकले थाल्यो सोधखोज
नबिल ब्यांकमा रहेको बांग्लादेशी कम्पनी एनबी इन्टरनेशनलको ‘विवादास्पद लगानी’ विरुद्ध नेपाल राष्ट्र ब्यांकले छानबिन थालेको छ। अर्बपति व्यवसायी विनोद चौधरी र उनको परिवारको मुख्य शेयर हिस्सा रहेको यो ब्यांकमा रहेको एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारीबारे प्रश्न उठाउँदै केन्द्रीय ब्यांकले नबिल ब्यांकलाई पत्र पठाएको छ। - रमेश कुमारको रिपोर्ट।
११. कार्यालयको कामदेखि तरकारी किन्न पनि प्रविधिको प्रयोग, सवा करोड नेपाली डिजिटल कारोबारमा
बन्दाबन्दीपछि घरबाटै कार्यालयको काम गरिरहेका कर्मचारी, गृहिणीलगायतलाई प्रविधिमा बानी परेको छ। इन्टरनेट, टेलिफोन, पानी र बिजुलीको बिल तिर्न तथा मोबाइल रिचार्ज गर्न प्रविधिको अत्यधिक प्रयोग भइरहेको छ। बन्दाबन्दीअघि मोबाइल ब्याङ्किङ सुविधा लिन एक पटक अनिवार्य ब्याङ्क जानुपर्ने व्यवस्था थियो। अहिले नयाँ खाता खोल्नेले पनि ब्याङ्क नगई आफ्नो खाता चलाउन सकिने भएको छ। अनलाइनमार्फत सबै विवरण भरेका ग्राहकलाई चेकबुक, एटीएम कार्ड लिन भने ब्याङ्कमा पुगे हुने सुविधा कृषि विकास ब्याङ्कले दिइरहेको छ। तोकिएको न्यूनतम भन्दा बढीको कारोबार गर्न भने जुनसुकै शाखामा पुगेर प्रमाणित कागजात पेश गर्नुपर्छ। - राजु बास्कोटाको रिपोर्ट।
१२. कोभिड-१९ को अनुभव र बुझाइ: डा. महेश मास्के
कोरोना महामारीको अनुभव र बुझाइबारे डा. महेश मास्केसँग कनकमणि दीक्षितले गरेको कुराकानी।
१३. आधा बाटो हिंडेपछि ओली सरकार स् तिलस्मी घोषणापत्र कागजमै हराए
आधा बाटो हिंड्नु भनेको गन्तव्य नजिकिन थाल्नु हो। एउटा व्यक्तिको निरन्तर हिंडाइले गन्तव्य नजिकिए जस्तै हुन्छ सरकारको हिंडाइ र उसले तय गर्न खोजेको गन्तव्य पनि। २०७४ सालमा सम्पन्न आमनिर्वाचनबाट पाँच वर्ष मुलुक हाँक्ने जनादेश पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले हाँकिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सरकारले पनि आधा बाटो पार गरेको छ। अर्थात् यो सरकारले पाँच वर्षलाई प्राप्त जनादेशको आधा समय गुजारिसकेको छ। र, अनौठो चाहिं हिंड्न शुरू गर्दा यसले तय गर्न खोजेको गन्तव्य भने सुदूर क्षितिजसम्म कतै पनि देखिएको छैन। पाँच वर्षलाई प्रष्ट जनादेश प्राप्त नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले कार्यकालको आधा समय पार गर्दाको कार्य सम्पादनले भन्छ– चुनावी घोषणापत्र जनतासामु गरेको नैतिक कबुल थिएन, जनता झुक्याउने उडन्ते सपना मात्र थियो। - रमेश कुमारको रिपोर्ट।
१४. सौभाग्य प्रधानाङ्ग, सांस्कृतिक शहरले बनायो पुरातत्वविद्
राष्ट्रिय अभिलेखालयकी निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गको उसो त काम हो, विभिन्न निकायमा सिर्जना भएका र राष्ट्रिय अभिलेखालयमा संकलित अभिलेखको संरक्षण, व्यवस्थापन तथा अध्ययन अनुसन्धान र सेवाग्राहीलाई सेवा प्रदान गर्ने। तर, ती सामग्रीको स्पर्शमा उनी रमाउँछिन्। पुराना लेखोट र ढुसी परेका कागजपत्रको संरक्षणमा पनि उनी सुगन्ध भेट्छिन्। जात्रैजात्राको शहर भक्तपुरमा जन्मे–हुर्केकी सौभाग्य प्रधानाङ्गले संस्कृति, सम्पदाप्रतिको चाखका कारण यसैलाई कार्यक्षेत्र बनाइन्। दुई दशकदेखि यो क्षेत्रमा समर्पित उनी पछिल्लो समय महत्वपूर्ण अभिलेखको अध्ययन र संरक्षण गर्ने जिम्मेवारीमा छिन्। - नुनुता राईले तयार पारेको 'व्यक्तित्व"।