काठमाडौं उपत्यकामा थपिए २१६ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६ जना कोरोना संंक्रमित थपिएका छन्। यससँगै आज मुलुकभर थप ६३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल मुलुकमा १२६२१ जना कोरोनाका सक्रिय संक्रमित छन्। तीमध्ये ८७०५ जना संस्थागत आइसोलेसनमा र ३९१६ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै क्वारेन्टिनमा ११६५८ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १३६ जना डिस्चार्ज भएका छन्। यससँगै आजसम्म डिस्चार्ज हुनेको संख्या १८३५० पुगेको छ। र देशका विभिन्न अस्पतालका आईसीयूमा १३५ जना र १२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
शनिबार ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।