नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने सम्झौता भएको छ।
जेरुसेलमस्थित इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्रीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थी मध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधी ११ महीना भन्दा बढी बढाउन सके विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने बताइन् ।
त्यसअवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ।