तीन दिन अगाडि मृत्यु भएका बृद्धमा कोरोना पुष्टि
हेटौँडा उपमहानगर पालिकाका एक बृद्धको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ। पुरानो मेडिकल कलेजमा ७५ वर्षीय बृद्धको उपचारका क्रममा ३ भदौ राति मृत्यु भएको थियो।
अस्पताल भर्ना भएलगत्तै उनको स्वाब लिइएको थियो। उनको स्वाब चितवन मेडिकल कलेजमा परीक्षण गरिएको थियो। तर, भर्खरै मात्रै स्थापना भएकाले विश्वसनीयताका लागि स्वाब फेरि भरतपुर कोभिड ल्याबमा पठाइयो।
उक्त कोरोना अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले मृतक बुद्धमा कोरोना भएको पुष्टि भएको बताए। पुरानो मेडिकल मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतिजा आउन बाँकी छ। तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।