महामारीले मन्दिरहरू बन्द भएपछि आँगनमै मनाउँदै तीज {तस्वीरहरू}
हिन्दू समुदायका महिला दिदीबहिनीहरू जम्मा भएर हरेक वर्ष मनाउँदै आइरहेको हरितालिका तीज यो वर्ष कोरोना महामारीका कारण खुम्चिन पुगेको छ।
यसअघिका वर्ष मन्दिरसम्म पुगेर मनाउने गरेको तीज यो वर्ष कोभिड–१९ महामारीको सन्त्रासबीच धेरैले घरमै बसेर मनाइरहेका छन्।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले निधेषाज्ञा जारी गरेसँगै धेरैले घरमै दर खाएर र नाचगान गरेर तीज मनाइरहेका छन्।