जातीय विभेदको आरोपमा ४ जना पक्राउ
कालिकोटको शुभकालिका गाउँपालिका–८ का २२ वर्षिय पंख विकमाथि जातीय विभेद गरी कुटपिट गरेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय कमल शाही, २७ वर्षीय युवराज शाही, २२ वर्षीय अर्जुन शाही र १९ वर्षीय दिनेश सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले गत २६ साउनमा स्थानीय धवलपुरा मन्दिरमा जाने क्रममा ती व्यक्तिहरूले विकलाई जातीय विभेद गर्दै कुटपिट गरेपछि पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिए।
उनका अनुसार ४ जनाविरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्दा दर्ता भइ कानूनी प्रक्रिया अगाडि बढेको छ। जातीय विभेद गरी कुटपिटको आरोप लागेका ४ जनालाई जिल्ला अदालत कालिकोटले थुनामा राखी अनुसंधान गर्न १५ दिनको म्याद थप गरेको छ।