निषेधाज्ञामा पनि रेमिटेन्स सेवा दिन राष्ट्र ब्यांकको निर्देशन
नेपाल राष्ट्र ब्यांकले निषेधाज्ञाका बीच पनि रेमिटेन्स सेवा सुचारु राख्न ब्यांक तथा वित्तीय संस्था र रेमिटेन्स सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय ब्यांकले विदेशमा कार्यरत नेपाली कामदारले पठाएको रकम उनीहरुको परिवारका हातमा पुग्न नसक्दा घरव्यवहार चलाउन कठिन भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रेमिटेन्स सेवा सुचारु राख्न निर्देशन दिएको हो ।
शुक्रबार सबै ब्यांक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई पत्र पठाएर केन्द्रीय ब्यांकले स्थानीय प्रशासनसँग समन्वय गरेर कर्मचारीको आलोपालो मिलाई सेवा नियमित राख्न निर्देशन दिएको छ ।
त्यसैगरी, ब्यांक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिटेन्स फण्ड ट्रान्सफर, विदेशी मुद्रा सटही तथा सम्भव भएसम्म ब्यांकमार्फत नै रेमिटेन्स भुक्तानीको व्यवस्था मिलाउन भनिएको छ ।