काठमाडौं उपत्यकामा थप १८२ जनालाई देखियो कोरोना संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जना कोरोना संक्रमित भेटिएका छन्। यससँगै देशभर पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितको संख्या ८३८ छ।
काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा १४२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना कोरोना संक्रमित देखिएका छन्।
साथै देशैभर आईसीयू र भेन्टिलेटरमा राखेर उपचाररत बिरामीको संख्या बढेको छ। मन्त्रालयका अनुसार प्रदेश-१ मा १६ जना, प्रदेश-२ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५५ मा १३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। बागमती प्रदेशमा १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।